स्वतन्त्र उमेदवार डा. गुप्तबहादुर श्रेष्ठलाई कैची चुनाव चिन्ह




सङ्खुवासभा, कातिक ८ गते । आसन्न प्रतिनिधी सभा निर्वाचनको लागि सङ्खुवासभाका एक मात्र स्वातन्त्र उमेदवार डा. गुप्तबहादुर श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैंची चुनाव चिन्ह प्रदान गरेको छ । श्रेष्ठको आफ्नै रोजाईमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बुधबार सो चिन्ह प्रदान गरेको हो ।

प्रतिनिधी सभाको लागि नेकपा एमालेबाट टिकटको दावी गरेपनि पार्टिले उनलाई टिकट नदिएपछि स्वातन्त्र उमेद्वारी दर्ता गरेका हुन् । डा. श्रेष्ठसँग नेपाली कांग्रेसको तर्फबाट पुर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री दीपक खड्का र नेकपा एमालेको तर्फबाट राजेन्द्र गौतमले प्रतिष्पर्धा गर्दैछन् ।

सम्बन्धित समाचार