नयाँ शक्ति पार्टी नेपाल सङ्खुवासभाको प्रतिबद्धता पत्र सार्वजनिक




सङ्खुवासभा, कातिक १८ गते । नयाँ शक्ति पार्टी नेपाल सङ्खुवासभाले आसन्न निर्वाचनको लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नयाँ शक्ति पार्टी सङ्खुवासभाले आज खाँदबारीमा एक कार्यक्रम आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

नयाँ शक्ति सङ्खुवासभाले शान्ति र संविधान, आर्थिक, शैक्षिक, स्वास्थ्य, कृषी, पर्यटन, यातायात लगायत १३ शिर्षकमा प्रतिबद्धता तयार विकास सम्बन्धी आफ्नो रणनितिहरु प्रस्तुत गरेका छन् । जनयुद्ध र जनआन्दोलनको मर्म र भावना अनुसार संविधान संसोधन गर्ने, शासकिय स्वरुपमा प्रत्यक्ष जननिर्वाचित राष्ट्रपतिलाई कार्यकारी बनाउने लगायतका अवधारणहरु समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । प्रतिबद्धता पत्रमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कायम गर्ने, धार्मिक स्थलहरुको संरक्षण गर्ने जस्ता विषयहरु समेटेका छन् ।

कार्यक्रममा केन्द्रीय समितिको कार्यकारी सचिवालय सदस्य राजेन्द्र किराती, प्रतिनिधीसभाका उमेदवार फरेन्द्र शर्मा दाहाल, प्रदेश सभा क्षेत्र नम्बर १ का उमेद्वार अदल कुलुङ र प्रदेश सभाका समानुपातिक उमेद्वार ईन्द्रहाङ किराँतीको लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार