बाम गठबन्धनको उमेदवार चढेको गाडी लक्षित गरि गोली प्रहार



सङ्खुवासभा, कातिक २८ गते । सङ्खुवासभाको बाम गठबन्धनका उमेद्वार चढेको गाडीलाई लक्षित गरि गोली प्रहार भएको छ । मंगलबार बाह्रविसेमा आयोजित आमसभालाई सम्बोधन गर्न हिडेका उमेदवारहरुको गाडीलाई लक्षित गरि धुपुको देउरालीमा गोली प्रहार गरिएको हो ।

गोली प्रहार भएपनि गाडीमा कुनै क्षती नपुगेको र उमेदवारहरु सकुसल रहेको नेकपा एमाले सङ्खुवासभाका सचिव खड्गबहादुर राईले जानकारी दिनुभयो । सो गाडीमा प्रतिनिधी सभाका उमेदवार राजेन्द्र गौतम, प्रदेशसभा (क) का उमेदवार पुर्णप्रसाद राई, समानुपातिक उमेदवार ईन्दीरा मिश्र लगायतका नेताहरु सवार थिए ।

घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार