प्रचण्डपुत्र प्रकाश दाहालको निधन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको मृत्यु भएको छ ।
आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल भर्ना गरिएको प्रकाश दाहालको हृदयाघातको कारण मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएका छन् ।

उनलार्इ काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि मृत्यु घोषणा गर्ने छ ।

हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

सम्बन्धित समाचार