चैनपुरमा अज्ञात समुह द्वारा गाडिमा आगजनी




सङ्खुवासभा, मंसिर ४ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका ६ मा हिजो राती वानटेन गाडिमा अज्ञात समुहले आगजनी गरेको छ । स्थानीय आषिश शाक्यको पार्किङ गरेर राखिएको को १ ज २१२३ नम्बरको गाडीमा आगाजनी गरेको हो ।

गाडी जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगाजनी कसले गराएको हो खुल्न सकेको छैन । घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक बेदराज गौतमले जानकारी दिनुभयो ।

यस अघि कात्तिक २८ गते पनि गठबन्धनका उमेदवारहरुलाई लक्षित गरि धुपुमा बम विष्फोट गराईएको थियो ।

 

सम्बन्धित समाचार