सङ्खुवासभामा बम विस्फोट पछि सुरक्षा ब्यवस्था कडा




सङ्खुवासभा, मंसिर ३ गते । मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा चुनावलाई लक्षीत गरेर सुरक्षा संयन्त्रलाई कडा बनाइएकोे छ । चुनावी सभालाई सम्बोधन गर्न गत मंगलवार धुपुबाट बाह्रविसे जाने क्रममा साझा बाम गठवन्धनका उमेद्वारहरु चढेको गाडीलाई लक्षीत गरि बम प्रहार पछि सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको हो ।

बम विस्फोट भएदेखि यता प्रत्येक नगरपालिकामा ३ जना र गाउँपालिकामा २ जना ईन्स्पेक्टरको कमाण्डमा प्रहरीहरु खटाईएको निमित्त जिल्ला प्रहरी प्रमुख ईन्स्पेक्टर बेदराज गौतमले जानकारी दिनुभयो । सुरक्षामा ब्याकप फोर्सको लागि शसस्त्र प्रहरी पनि तैनाथ गरिएको गौतमले बताउनुभयो ।

मतदान सामग्री र कर्मचारीहरुको सुरक्षाको लागि हतियार सहितको सुरक्षा टोलीले स्कर्टीङ गरेर मतदान स्थलसम्म पुराउने ब्यवस्था गरिएको बताईएको छ । मतदानको दिन मतदाताहरुको सुरक्षाको लागि नियमित रुपमा गस्ती, पेट्रोलिङ गरिरहेको र अपराधीक मनस्थीतिका मानिसहरुलाई नियन्त्रणमा ल्याई अनुसन्धान गरिदै आएको छ । अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीका २ कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ ।

जिल्लाका उमेदवारहरु को सुरक्षाका लागि पनि सुरक्षा प्रबन्ध कडा पारिएको सङ्खुवासभा निमित्त प्रहरी प्रमुख ईन्स्पेक्टर गौतमले जानकारी दिनुभयो । उमेदवारहरुलाई आवश्यकताको आधारमा प्रत्येक कार्यक्रममा तथा आवतजावतको क्रममा पनि सुरक्षा ब्यवस्था मिलाउन सकिने उहाँले बताउनुभयो ।

सुरक्षाको हिसावले सङ्खुवासभामा ३५ अति संवेदनशिल, ४५ संवेदनशिल र २३ सामान्य अवस्थामा मतदान केन्द्रलाई विभाजन गरिएको छ । भौगोलीक विकटता, मतदाताहरुको चाप लगायतको आधारमा मतदान केन्द्रको सुरक्षा अवस्थालाई बर्गिकरण गरिएको बताईएको छ । केही मतदान स्थलबाट मतपेटीका ल्याउन हेलिकप्टरको प्रयोग गर्नु पर्नेसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार