सङ्खुवासभा ६५ प्रतिशत मत खस्यो, मतपेटीका आउने क्रम जारी



मंसिर १०, सङ्खुवासभा । सङ्खुवासामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । प्रदेश र प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा १ लाख ५ हजार ८५ मतदाता रहेकोमा करिव ६५ प्रतिशतले मतदान गरेकोे जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले जानकारी दिए ।

हिमाली क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण मत संख्या एकिन हुननसको उनले बताए । सबै मतदान स्थलमा समयमा नै मतदान सकिएको जिल्ला निर्वाचन अधिकारी दाहालले बताए । मतपेटीकाहरु आउने क्रम सुरु भइसकेको र भोली दिउँसो सम्ममा सबै आईसक्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।   विकट भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभुत प्रावि थुदाम मतदान स्थल, किमाथाङ्का, गौथला, दीपज्योति याफु, च्याम्ताङ्, चेपुवा, हटिया, हुङगुङ् र रिदाक गरी ९ मदतान स्थलको मतपेटीका भोली नेपाली सेनाको हेलीकप्टरमा ल्याइने छ ।

सम्पुर्ण मतपेटीका जिल्ला समन्वय समितिको हलमा कडा सुरक्षाका साथ राखिने प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी बताए । जिल्लाको १०३ स्थलका १५३ मतदान केन्द्रबाट मतदाताहरुले मतदान गरेका थिए । यस जिल्ला बाट प्रतिनिधिसभा लागि १ जना र प्रदेश सभाका लागि दुई जना प्रत्यक्ष निर्वाचित हुने छन् । यस पटकको चुनावी मैदानमा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्र सहितका ११ र प्रदेशसभा सदस्यका लागि १६ उम्मेदवाहरु रहेका छन् । मुख्य प्रतिस्पर्धामा भने बामगठबन्धन र नेपाली कांग्रेस रहेका छन् ।

सम्बन्धित समाचार