सङ्खुवासभामा मतगणना सुरु




खाँदबारी, मंसिर २१ गते । गत मंसिर १० गते सम्पन्न भएको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मत गणना सुरु गरिएको छ । बिहिबार साँझबाट तारजाली सहितको उच्च सुरक्षा घेराभित्र जिल्ला समन्वय समितिको हलमा मत गणना सुरु गरिएको हो ।

सभाहल भित्र तीन वटा समुहमा मतगणना थालिएको हो । पाँच बजेबाट मत गणना सुरु गर्ने भनिएपनि प्राविधिक कार्यमा ढिलाईको कारण केही समय ढिलो गरि मतदान सुरु गरिएको छ । सङ्खुवासभामा एक लाख पाँच हजार ८५ मतदाता रहेको मा ६९ हजार दुई सय ४६ मत खसेको थियो ।

सम्बन्धित समाचार