संखुवासभामा दीपक खड्काको सुरुवाती अग्रता



खाँदबारी । संखुवासभाको मत गणनाको पहिलो नतिजामा प्रतिनिधी सभाको लागि नेपाली कांग्रेसका दीपक खड्काले अग्रता लिएको छ । बाम गठबन्धनका उमेदवार राजेन्द्र गौतमलाई २१ मतले पछि पार्दै खड्काले अग्रता लिएको हो ।

प्रतिनिधीसभाको ८ सय ७० मत गन्दा खड्काले ४ सय १६ मत प्राप्त गरेको छ भने गौतमले ३ सय ९५ मत ल्याएको छ ।

प्रदेश सभा (क) तर्फ भने बाम गठबन्धनका लागि माओवादी केन्द्रका पुर्णप्रसाद राईले ६ सय २९ मत ल्याएर अग्रता लिएको छ । एक हजार एक सय छ मत गन्दा नेपाली कांग्रेसका टंकप्रसाद राईले भने ३ सय ९९ मत मात्र प्राप्त गरेको छ ।

उता प्रदेश सभा (ख) तर्फ पनि बाम गठबन्धनकै तुलसी न्यापानेले अग्रता लिएको छ । बाम गठबन्धनका लागि नेकपा एमालेका न्यौपानेले चार सय १६ मत प्राप्त गरेका छन् भने दीपक कुमार लिम्बुले दुई सय ९२ मत प्राप्त गरेको छ । यो मत परिणम सात सय ५४ मत गन्दाको हो ।

सम्बन्धित समाचार