सङ्खुवासभामा बामको अग्रता कायम



सङ्खुवासभा । सङ्खुवासभामा पनि प्रतिनिधी र प्रदेश सभाको मत गणना जारी छ । प्रतिनिधी सभाको लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको संखुवासभामा तीन वटै क्षेत्रमा बाम गठबन्धनले अग्रता कायम गरेको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधी सभाका उमेदवार राजेन्द्र गौतम दीपक खड्का भन्दा ४६ मतले अगाडी छ । राजेन्द्र गौतमको मत पाँच हजार एक सय १४ रहेको छ भने दीपक खड्काको पाँच हजार ६८ मत रहेको छ ।

त्यस्तै, प्रदेश सभा क तर्फ नेपाली कांग्रेसको टंकप्रसाद राईको मत चार हजार चार सय ६८ रहेको छ भने नेकपा माओवादी केन्द्रको पुर्णप्रसाद राईको मत पाँच हजार ९ सय १३ मत रहेको छ । यो मत अन्तर एक हजार चार सय ४५ हो ।

प्रदेश सभा ख तर्फ दीपककुमार लिम्बुको चार हजार एक सय ६८ मत रहेको छ भने, तुलसी न्यापानेको चार हजार तीन सय ५९ मत रहेको छ । यो मत अन्तर एक सय ९१ हो ।

सम्बन्धित समाचार