संखुवासभामा बिवाद पछि मत गणना रोकियो



सङ्खुवासभा । संखुवासभाको मत गणना गर्ने क्रममा बिवाद बढेपछि अहिले मत गणना रोकिएको छ । प्रदेश सभा क मा नेपाली कांग्रेसको आधिकारिक प्रतिनिधीको उपस्थिती बिना मत पेटिका खोलिएको भन्दै कांग्रेसले आपत्ती जनाएपछि गणना रोकिएको हो ।

मत गणनामा संलग्न कर्मचारीहरुले भने कांग्रेसको प्रतिनिधीकै रहोवरमा मतपेटिका खोलिएको दावी गर्दै आएका छन । हिजो राती पनि मत पत्रमा लगाईएको मत संकेतको विषयलाई लिएर बिवाद बढेपछि करिब एक घण्टा गणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत प्रकास राउतले सुर्य र रुखमा लागेको उस्तै प्रकृतिको मत पत्र मध्ये सुर्यमा लागेको लाई सदर र रुखमा लागेकोलाई बदर गरेको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको थियो ।

नेपाली कांग्रेसले सो विरुद्ध निवेदन पेश गरेको र उक्त निवेदनलाई निर्वाचन आयोगमा पठाएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो । उक्त बिवादीत मतपत्रको अन्तिम फैसला आयोगले गर्ने समेत मुख्य निर्वाचन अधिकृत राउतले जानकारी दिनुभयो ।

संखुवासभामा प्रतिनिधी सभा तर्फ नेकपा एमालेका राजेन्द्र गौतम २८ हजार ८ सय ४४ मतका साथ अग्रस्थान मा हुनुहुन्छ भने नेपाली कांग्रेसका दीपक खड्का २७ हजार ६ सय ३७ मत सहित गौतमलाई पछ्याउँदै हुनुहुन्छ ।

प्रदेश समा क तर्फ नेकपा माओवादी केन्द्रका पुर्णप्रसाद राई १४ हजार ८ सय ३७ मत सहित अगाडी हुनुहुन्छ भने नेपाली कांग्रेसका टंक प्रसाद राइले१३ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा ख मा नेकपा एमालेका तुलसी न्यौपानेले १२ हजार २ सय ५ मत प्राप्त गर्नु भएको छ भने, उहाँलाई ११ हजार ७ सय मत सहित नेपाली कांग्रेसका दीपक कुमार लिम्बुले पछ्याँदै हुनुहुन्छ ।

अहिलेसम्म प्रतिनिधी सभा तर्फ ६० हजार ६ सय २० मत गणना भएको छ । त्यस्तै, प्रदेश सभा क तर्फ २९ हजार ९ सय ४ र प्रदेश सभा ख तर्फ २५ हजार ३ सय ३६ मत गणना भईसकेको छ ।

सम्बन्धित समाचार