एक पछि अर्को बिवादको कारण मत गणना ढिलाई



सङ्खुवासभा, मंसिर २५ गते । प्रतिनिधी र प्रदेश सभाको प्रत्यक्ष तर्फको मत गणनाको क्रममा एक पछि अर्को बिवाद बढेपछि मत गणना ढिलाई भएको छ । २४ घण्टामा १० घण्टासम्म मत गणना स्थगन भएपछि मत गणनाको अन्तिम नतिजा आउन ढिलाई भएको हो ।

गए राती प्रतिनिधीसभाको मत पत्रमा लगाएको मत संकेतलाई लिएर बिवाद बढेपछि ३ घण्टा रोकिएको थियो । पुनः बिहान पाँच बजेदेखि १२ बजेसम्म ७ घण्टासम्म सोही कारण बिवाद बढेको थियो । सुर्य र रुखमा छाप लगाईएको मतपत्रमा उस्तै प्रकृतिको मत संकेत देखिएपनि सुर्य भएकोलाई सदर रुख भएकोलाई बदर भनिएपछि नेपाली कांग्रेसले आपत्ती जनाएको थियो । आज बिहानै प्रदेश सभा (क) तर्फको मत पेटिका कांग्रेसको आधिकारीक प्रतिनिधीको अनुपस्थितिमा खोलिएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको थियो ।

बिवाद पछि बदर गरिएको मतपत्रहरु निर्वाचन आयोग पठाउने र आयोगको निर्णय सवै दलले मान्ने सहमती भएपछि मत गणनालाई निरन्तरता दिईएको छ । अब करिब ७ हजार मत गणना गर्न बाँकी छ । अब कुनै बिवाद नआए करिब ३ घण्टामा तीन वटै क्षेत्रको अन्तिम मत परिणाम आउने मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार