सङ्खुवासभाको तीन वटै क्षेत्रमा बामको जीत




सङ्खुवासभा, मंसिर २६ गते । १ प्रतिनिधी सभा र २ प्रदेश सभागरि ३ निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा तीन वटै क्षेत्रमा बाम गठबन्धनका उमेदवारहरु निर्वाचित भएका छन् ।

प्रतिनिधी सभा तर्फका उमेदवार नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार सात सय ६९ मत प्राप्त गर्दै विजेता बन्नुभएको थियो भने उहाँका निकट्तम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गर्नुभएको छ । खड्का र गौतम विच नै ०७० सालको संविधान सभाको निर्वाचनमा चुनावी प्रतिष्पर्धा भएको थियो । त्यसबेला खड्काले गौतमलाई पराजय गराएका थिए ।

त्यस्तै, प्रदेश सभा (क) माबाम गठबन्धनका लागि माओवादी केन्द्रका उमेदवार पुर्णप्रसाद राईले १६ हजार ६ सय ७७ मत ल्याएर विजेता बन्नुभएको छ । उहाँको निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका टंकप्रसाद राईले १४ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ । टंकप्रसाद राई २०५६ सालमा निर्वाचित सांसद हुन् भने पुर्णप्रसाद राई २०६४ सालको निर्वाचित सांसद हुन् ।

प्रदेश सभा (ख) तर्फ बाम गठबन्धनका लागि नेकपा एमालेका तुलसी न्यैापाने १७ हजार पाँच सय १४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका निकट्तम प्रतिद्न्दी दिपककुमार लिम्बुले १६ हजार एक सय ४० मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा (ख) तर्फका दुवै उमेद्वारहरु सांसदिय निर्वाचनमा नयाँ अनुहारहरु हुन् ।

सम्बन्धित समाचार