सङ्खुवासभामा समानुपातिक तर्फ कांग्रेस पहिलो




सङ्खुवासभा । संखुवासभामा समानुपातिक निर्वाचन प्रणाली तर्फ नेपाली काग्रेस पहिलो पार्टी भएको छ । गत बुधबार राति सकिएको समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ कांग्रेस पहिलो पार्टि बनेको हो ।

प्रदेशसभा (क) मा पनि नेपाली कांग्रेस नै पहिलो पार्टी बनेको छ । प्रदेशसभा सदस्य (ख) मा भने नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभा तर्फ कुल ६९ हजार २ सय ४६ मत मध्ये काग्रेसले २६ हजार ९ सय ९०, एमालेले २५ हजार ९ सय १४, माओवादी केन्द्रले ५ हजार ९ सय ४८, राप्रपाले १ हजार ७ सय १५ र संघिय समाजवादी फोरमले ८ सय १८ मतप्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकास राउतले बताए । प्रतिनिधि सभातर्फ कुल ५ हजार ८सय ८२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेशसभा क मा ३३ हजार ४ सय ९६ मत खसेकोमा काग्रेसले १२ हजार ६ सय ४, एमालले १० हजार ६ सय ८२, माओवादी केन्द्रले ४ हजार ६, राप्रपाले २५० र संघिय समाजवादी फोरमले ४ सय ७४ मतप्राप्त गरेका छन । ४ हजार ४ सय ६ मत भने बदर भएको छ ।

प्रदेशसभा (ख) तर्फ ३५ हजार ३ सय ९७ मत खसेकोम ाएमालेले १३ हजार ६ सय २३ मतप्राप्त गरी एमाले पहिलो भएको छ । काग्रेसले १२ हजार ६ सय ६३, माओवादी केन्द्रले २ हजार ६ सय २३ मत, राप्रपाले ९ सय ६९ मत र संघिय समाजवादी फोरमले २ सय ८३ मत प्राप्त गरेको छ । सो क्षेत्रमा ४ हजार ३ सय ७३ मत बदर भएको थियो ।

समानुपातिक तर्फ प्रतिनिधि सभामा ४९ दलको सहभागिता रहेको यस जिल्लाको प्रदेशसभा (क) र (ख) मा भने २७/२७ दल रहेका थिए ।

अन्नपुर्ण पोष्ट

सम्बन्धित समाचार