संखुवासभामा २१ उमेदवारको जमानत जफत



संखुवासभा । प्रतिनिधि र प्रदेशसभामा उम्मेद्ववारी दिएका संखुवासभाका २७ जना उम्मेद्ववार मध्ये २१ जनाको जमानत जफत भएको छ । एक प्रतिनिधिसभा र २ प्रदेशसभा गरी तीन सिटका लागि विभिन्न दश वटा दलका २७ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिनिधिसभातर्फ एक स्वतन्त्र सहित ११ जना उम्मेदवारमध्ये विजयी बाहेक एकजनाको मात्रै जमानत जोगिएको छ । बाम गठबन्धन एमालेका राजेन्द्र गौतम र निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका दिपक खड्काल जमानत जोगाएका हुन् । बाँकी ९ जनाले भने प्राप्त गरेको मतको आधारमा जमानत गुमाएका छन् ।

प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार गुप्त बहादुर श्रेष्ठले १७ मत ल्याए भने दलको तर्फबाट उम्मेदवारी दिएका ग्रीन पार्टि नेपालका टंक बहादुर न्यौपानेले सबैभन्दा कम ३७ मत ल्याएका थिए ।

यसैगरी, प्रदेशसभा ‘क’मा विजयी उम्मेदवार बाहेक एक जनाले मात्र जमानत बचाएका छन् । वाम गठबन्धन माओवादी केन्द्रका पुर्ण प्रसाद राई र निकटतम् प्रतिद्धन्दी कांग्रेसका टंक प्रसाद राईले जमानत जोगाएका हुन् । यसैगरी, प्रदेशसभा ‘ख’मा विजयी उम्मेदवार र निकटतम् प्रतिद्वन्द्वीले मात्रै जमानत बचाएका छन् । एमालेका तुलसी प्रसाद न्यौपान र कांग्रेसका दिपक कुमार लिम्बुले जमानत बचाएका छन् । प्रदेश क र ख मा प्रतिस्पर्धा गरेका ८/८ जना मध्ये दुवै तर्फ ६/६ जनाले जमानत जफत गरेका छन् ।

जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्नेमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा ६ जनाले मात्र जमानत बचाएको जिल्ला निर्वाचन अधिकारी ऋषि दहालले बताए ।
नागरिक दैनिक

सम्बन्धित समाचार