सञ्चारकर्मीहरु द्वारा भ्याङ्खोला–याफुडाँडा–तम्बे सडकको निरिक्षण




सङ्खुवासभ । सङ्खुवासभाका सञ्चारकर्मीहरुले उन्नती परियोजनाको लगानीमा निर्माण थालिएको भ्याङ्खोला–याफुडाँडा–तम्बे सडक खण्डको निरिक्षण गरेका छन् । निक्कै सुस्त गतिमा सडक निर्माण भएपछि आज सङ्खुवासभाका सञ्चारकर्मीहरुले स्थलगत निरिक्षण गरेका हुन् ।

स्थलगत निरिक्षण पछि उन्नती परियोजनाका बरिष्ठ पुर्वाधार विज्ञ सम्भु यादव, कार्यन्वयन संस्था जिल्ला प्राविधिक कार्यालय सङ्खुवासभाका प्रमुख ईञ्जीनियर रमेश कुमार श्रेष्ठ र निर्माण ब्यवसायीसँग सुस्तताको बारेमा जिज्ञासा राखेका थिए । हालसम्म १४ प्रतिशत मात्र काम सम्पन्न भएको बताउँदै निर्माण ब्यवसायी सन्तोष राईले समयमा पर्याप्त ईन्धन नपाएकोले काममा ढिलाई भएको जानकारी दिएका थिए । त्यस्तै, प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको कारणले पनि निर्माण कार्यले गति लिन नसकेको बताउनुभयो । अव, आवश्यकता अनुसार पर्यापत ईन्धन भए जनशक्ति थपेर निर्धारित समयमा निर्माण कार्य सकिने निर्माण ब्यवसायी राईले जानकारी दिनुभयो ।

निर्धारित समयमा काम सम्पन्न गराउन नियमित अनुगमन र आवश्यक प्राविधी सहयोग उपलब्ध गराउने जिल्ला प्राविधीक कार्यालय सङ्खुवासभाका प्रमुख ईञ्जीनियर रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय निर्माण कार्यमा ढिलाई भएकोले नियमित अनुगमन गरिरहेको समेत जानकारी दिनुभयो । स्थानीय स्तरका कृषी उत्पादनलाई टेवा पुराउनको लागि सडकमा आफुहरुले लगानी गरेको र लक्ष्य पुरा गर्नकै लागि निर्धारित समयमा काम सम्पन्न गर्न निरन्तर ताकिता गर्दै आएको उन्नती परियोजनाका बरिष्ठ पुर्वाधार विज्ञ सम्भु यादवले बताउनुभयो ।

कोशी एण्ड न्यौपानै खाम्पाचे जोईन्ट भेन्चरले ठेक्क लिएको यो निर्माण कार्यको अवधी जेठ मसान्तमा सकिदैछ । १२ करोड ६७ लाख २७ हजारको लगानीमा १५ किलोमिटर ग्राभेल गर्नु पर्नेमा हाल १४ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । निर्माण कम्पनीले अव करिब पाँच महिनामा ८६ प्रतिशत काम सम्पन्न गर्नुपर्ने जिल्ला प्राविधीक कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार