मकालुमा यसरी दुर्घटना भयोः सहयात्री भविश्वर गुरुङको बयान



संखुवासभा, माघ २ गते । संखुवासभा खाँदबारिवाट मनोभन्ज्याङमा प्रतिनिधि सभाका माननीय क.राजेन्द्र गौतम र प्रदेससभाका माननीय क.पुर्ण प्रसाद राई, जि स स का उपप्रमुख क. अम्विका खवास, क. वाङदावी भोटे (उपसचिव) क.जे वि घिमिरे (सचिवालय सदस्य जिल्ला कमिटि), क.सुरेस राई (जिल्ला कमिटी सदस्य), क. भविश्वर गुरूङ, क.राजेन्द्र कार्की, क. विनोद सुब्बा गुरूङ, क.लेखनाथ बुढाथोकी, क.प्रकाश श्रेष्ठ, क.रूद्र जि सि, रोहिणी निरौला, क.राम बहादुर गुरूङ लगायत भेटघाट पछि नुमको कार्यक्रममा सरिक भयौ । कार्यक्रम सकेर ३० गते हामी संग मकालु गाउपलिकाका उपप्रमुख क चमेलि राई माननीय राजेन्द्र गौतमको टिममा सामेल हुनु भयो ।

अर्को माननीय पुर्ण राईको गाडिमा क सुरेस राई थिए । क खड्ग कटुवाल हामिलाई विदा गरि नुममानै रहने भन्ने थियो । हामी गडिमा भेटघाट गरि भोटखोला गाउपालिका गोलाको विधुत उद्घाटन र बरूण मेलामा जानू थियो । मा.पुर्ण राईको गाउँ उवामा खाना खाने कार्यक्रम थियो । हामी त्याहाँ पुग्यौ, स्वागत भयो फुलमाला र अविरवाट । खाना खाने आतिथ्यता ग्रहण सम्पन्न गर्दै थियौ त्यतिकैमा भुकम्प घर निर्माण सम्वन्धी कार्यक्रममा जिससका सुचना प्रमुख सुवास कुईकेलको टोलि खाना खान आईपुगे । त्यहि गाडिमा क खड्ग कटुवाल पनि आउनु भएछ ।

हासिखुसिका साथ खाना खानु भो । भुकम्प घर निर्माण कार्यक्रम भोटखोलामा भएकाले बरूण मेला संगै जाने भएका रहेछन् साथिहरू । हामी मा.राजेन्द्र गौतमको टोलि अगाडको गाडिमा अघि बढ्यौ त्यस पछि मा.पुर्ण राईको टोलि चल्यो । तर क सुरेस राई पुर्ण राईको गाडिवाट सुवास जिको गाडिमा चेन्ज गर्नु भएछ । हामिलाई पत्तो भएन । समय करिव १२ः३० भएको होला हामी मकालु ३ मृगगौडाको ठुलो भिरको बाटो हुँदै अगाडि बढिरहेका थियौ। पछाडिको गाडिमा मकलु गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष क टेक बहादुर राईको टोलिको गाडि आईरहेको थियो । हामी भिर क्रस गरेर अगाडि गईसकेका थियौ । पर ठाडो खोला क्रस गरेर जादा मोवाईलको टावर थिएन । एक्कासि खवर आयो कि गाडि दुर्घटना भयो । माननीयको गाडि अरूणमा खस्यो रे । समाचार छिनभरमा गयो ।

हामिलाई साथि घरपिरवारले फोन गरेछन् तर फोनको टावर थिएन । प्रहरिलाई खवर गरियो । मैले फर्केर हेरे, क पुर्ण को गाडि छेव‌ैमा आईसकेको थियो । एकछिन पछि खवर भो कि सुवासको गाडि एक्सिडेन्ट भो । त्याहा त क. सुरेस राई, क. खड्ग कटुवाल, क. सुवास कुईकेल अनि भुकम्प अफिसका ईन्जिनियरहरू थिए । हामी स्तब्ध भयौ । कल्पना समेत गर्न सकेनौ । हामी हतारमा गडि गयौ र पुरै प्रहरी, सेना परिचालन गर्यौ । जिल्लामा मा.राजेन्द्र गौतमले आयोजकसंग फोन गर्नु भयो र सवै कार्यक्रम स्थगित गरेर तु घटना स्थलमा आया‌ै । संगैको साथिहरू छिनभरमा करिव ३ सय मिटर माथिवाट झरेको जिप अरूणको किनारमा लम्पसार परेको थियो ।

कुनै साथिहरू बाच्ने अवस्था थिएन । अन्डा फुटेझै फुटेको थियो । हामी भावविहल भया‌‌ै । हाम्रा राम्रा असल कमरेडहरूको प्राण पखेरू उडेर गईसकेको थियो बीभत्स दर्दानक घटना । मेरो मानस पटलमा साथिहरूको त्यो बीभत्स अकल्पनिय घटना घुमिरहेको छ । हार्दिक श्रद्वान्जलि अर्पण गर्दछु । अल बिदा कमरेडहरू । सम्झना रहने छन् । सोकलाई शक्तिमा बदलेर मकालु गाउँपालिकालाई समृद्व समुन्नत बनाउन तपाईहरूको सपनालाई हामी निरन्तर पूरा गर्ने बाचा गर्दछौ । घर परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

भविश्वर गुरुङको फेसबुकबाट साभार, गुरुङ नेकपा एमाले संखुवासभा जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।

सम्बन्धित समाचार