महाभुकम्पको केन्द्रविन्दुमा मनाईयो भुकम्प सुरक्षा दिवस




सङ्खुवासभा, माघ २ गते । १९९० सालमा गएको महाभुकम्पको केन्द्रविन्दु सङ्खुवासभाको चैनपुरमा बृहत कार्यक्रम आयोजना गरि भुकम्प सुरक्षा दिवस मनाईएको छ । विपद ब्यावस्थापन समिति सङ्खुवासभाको आयोजना तथा जिल्ला स्थीत विभिन्न संघसंस्थाहरुको ब्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिनिधी सभाका सांसद राजेन्द्र गौतम, प्रदेश सभा सदस्य तुलसी प्रसाद न्यौपाने, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । त्यस्तै, जिल्ला स्थीत विभिनन राजनितिक दलका प्रमखु, सरकारी तथा गैह्र सरकारी कार्यालय, संघसंस्थाका प्रमुख, नागरिक समाज उद्योगी ब्यवसायी, स्थानिय बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिहरु चैनपुर स्थीत टुँडीखेलमा जम्मा भएर भुकम्पको ०९० सालको भुकम्पको केन्द्रबिन्दु पौडेल गाउँ नजिकैसम्म र्याली आयोजना गरिएको थियो । कार्यक्रमका अधिकांस बक्ताहरुले भुकम्पबाट जोगिन सरकारले ठोस निति तथा कार्ययोजना ल्याउन पर्ने बताएका थिए । बिपद ब्यवस्थापन समितिलाई सरकारले थप क्रियाशिल बनाउनु आवश्यक रहेकोमा समेत जोड दिएका छन् । सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य राजेन्द्र गौतम, प्रदेश सभा सदस्य तुलसी प्रसाद न्यौपाने, चैनपुर नगरपालीकाका प्रमुख भरत कुमार खत्री लगायतका नेताहरुले भवन आचार संहिताको पुर्ण पालना नै भुकम्पबाट बच्ने उपायभएको धारणा राखेका थिए । निर्माण संहिताको पुर्ण पालना गर्न र अरुलाई पनि पालना गराउन प्रेरित गर्नूपर्नेमा उनि हरुको जोड रहेको थियो ।

बिक्रम संबत १९९० माघ २ गते संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पको स्मृतिमा नेपालमा भुकम्प सुरक्षा दिवस मनाईंदै आएको छ । ८.४ रेक्टर स्केलको उक्त महाभुकम्पमा परि ८ हजार पाँच सय १९ जनाको ज्यानगएको थियो भने २ लाख १० हजार बढि भौतिक संरचनाहरु पुर्ण रुपमा क्षति भएका थिए ।

-कृष्णराज शाक्यको सहयोगमा

सम्बन्धित समाचार