एसईईका सर्वोत्कृष्ठलाई पचास हजार पुरस्कार



सङ्खुवासभा, माघ ३ गते । खाँदबारी १ स्थीत हिमालय माध्यमिक विद्यालयको २०४३ सालका एसएलसी समुहले सोही विद्यालयबाट गत एसईईमा सर्वोत्कृष्ठ अंक ल्याउने एक छात्रालाई पुरस्कृत गरेको छ । समुहले बुधबार हिमालय माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरि खाँदबारी ८ का सञ्जिता विश्वकर्मालाई नगद पचास हजार र शिल्ड प्रदान गरिएको हो ।

कार्यक्रममा हिमावि एसएलसी समुह २०३४ ले सञ्जीताको अनुपस्थीतीमा उनको बुवा प्रेमबहादुर विश्वकर्मालाई उक्त पुरस्कार हस्तानरण गरेको छ । २०७४ सालको एसईईमा सर्वोत्कृष्ट हुने सञ्जिताले ३.५६ जि.पि.ए. प्राप्त गरेको हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बीरबहादुर राईले जानकारी दिनुभयो । अहिले उनी काड्माण्डौ मेडिकल कलेजमा, काठ्माण्डौमा अध्ययन गरिरहेको उनका बुवा प्रेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

हिमावि एसएलसी समुहले चार बर्षअघिदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । २०४३ सालमा हिमालय माध्यमिक विद्यालयबाट एसएलसी दिने ४० विद्यार्थीहरुको सक्रियतामा १० लाख ६९ हजार २ सय ३४ रुपैयाको कोष स्थापना गरिएको थियो । सोही कोषबाट प्राप्त ब्याज रकमले हिमालय माविबाट एसईईमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई छात्रबृत्ती प्रदान गरिदै आएको समुहका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार