फोनिज संखुवासभाको अध्यक्षमा नवीन गुरुङ्ग निर्वाचित



संखुवासभाः नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अध्यक्षमा नवीन गुरुङ निर्वाचीत भएका छन । शुक्रबार सदरमुकाम खाँदबारीमा भएको दोश्रो जिल्ला अधिबेसनले ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा मेघराज तामाङ्ग, सचिब ध्यान कुलुङ्ग, सहसचिब बिमला गुरुङ र कोषाध्यक्षमा रोषणदिप राई निर्वाचीत भएका छन । सदस्यहरु जयकुमार राई, मोहन तामाङ्ग, मोहनकुमार राई र निलम श्रेष्ठ रहेका छन । भने केन्द्रिय प्रतिनिधी पार्सद निवर्तमान अध्यक्ष दिपेन्द्र शाक्य, कृष्णराज शाक्य र सुजन बज्राचार्य रहेका छन । केन्द्रिय प्रतिनिधी फोनिजका पूर्वाञ्चल संयोजक शाहीमान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखा अध्यक्ष इन्द्र गिरी, फोनिजका कार्यक्रम संयोजक गंगादेवी गुरुङ लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रम निवर्तमान अध्यक्ष दिपेन्द्र शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार