अबको प्रधानमन्त्री केपी ओली स् खनाल



काठमाडौं, माघ ६ – नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका विषयमा सहमति हुने बताउनुभएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमतिमा पुग्र्छौं, आवश्यक परे दुईवटा कार्यदल बनाउँछौं, एउटा वैचारिक र अर्को संगठनाात्मक, यसले सबै कुरा टुँगो लगाउँछ।’

पार्टी एकता सरकार गठनभन्दा पहिला हुनसक्ने उहाँले बताउनुभयो । अबको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओली नै हुने उहाँले बताउनुभयो । पार्टी एकता पछि अध्यक्ष को हुने भन्ने विषयमा भने छलफल चलिरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार