मान्छेले कुकुरलाई टोकेपछि……..



कुकुरले मान्छेलाई टोकेको भए त खासै समाचार नबन्न सक्थ्यो । तर अमेरिकामा एकजना मान्छेले कुकुरलाई टोकेपछि अन्तर्राष्ट्रिय खबर बनेको छ ।

अमेरिकाको न्यू ह्याम्पसायरस्थित बोस्कावेन कस्वेमा यो घटना भएको हो । पुलिसले उक्त क्षेत्रमा फायरिंग भएको सूचना पायो । घटनास्थलमा पुगेको पुलिसले फायरिंग गर्ने मानिसको खोजतलास सुरु गर्यो । सोही क्रममा पुलिसको कुकुरले कपडाको डंगूरमा लुकेको एकजना मानिसलाई पत्ता लगायो ।

जब पुलिसको त्यो कुकुर भुक्दै लुकेको संदिग्ध मानिसमाथि झम्टियो तब उक्त मानिसले प्रत्याक्रमण स्वरुप कुकुरलाई समाएर थिच्दै कुकुरको टाउकोमा टोकिदियो ।

अभियुक्तले कुकुरलाई नै टोकेर हमला गरेपछि पुलिसहरुले तत्कालै हस्तक्षेप गरे । पुलिसले कुकुरलाई टोक्ने उक्त मानिसलाई पक्राउ गर्यो । उक्त मानिसले कुकुरलाई त टोकेकै थियो तर फायरिंगमा चाहीँ उसको भूमिका भए नभएको खुलेको छैन ।

एजेन्सी

सम्बन्धित समाचार