को हुन् बेलायती सेनाको उच्च पदमा पुगेका स्याङ्जाका खाम्चा



काठमाडौं माघ २१ गते । बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् ।

बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् ।

बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए उच्च पदमा कमै पुग्ने गरेका छन् । खाम्चा बेलायती सेनाको छैटौं वरीयतामा पुग्ने चौथो नेपाली हुन् । यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । उनीहरु सबै अहिले सेवा निवृत्त भइसकेका छन् ।

को हुन् खाम्चा ?

स्याङ्जा शीरकोट, करादीमा जन्मिएका खाम्चा आजभन्दा ३० वर्षअघि बेलायती सेनामा भर्ना भएका हुन् । गाउँबाट प्राथमिक तहको र बुटवलबाट एसएलसीसम्मको पढाइ पूरा गरेपछि सैनिक पृष्ठभूमिका उनका बाबुले उनलाई कानून विषय पढाउन चाहेका थिए । तर इन्जिनियरिङ विषय पढ्न पुल्चोक क्याम्पसका भर्ना भएका खिम्ची साथीको लहैलहैमा लागेर बेलायती सेनामा भर्ना हुन पुगे ।

बेलायती सेनाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका खाम्चा हाल युकेको अल्डरसटस्थित आर्मी हेर्डक्र्वाटर रिजनल कमाउडमा बसोबासरत छन् ।

सम्बन्धित समाचार