सङ्खुवासभा अर्थतन्त्रको केन्द्रबिन्दुः सिंचाई राज्यमन्त्री पुन



सङ्खुवासभा, माघ २१ गते । सिंचाई राज्य मन्त्री अमरसिं पुनले सङ्खुवासभा अर्थतन्त्रको केन्द्र बिन्दु बन्ने बताउनुभएको छ । सनिबार साँझ सङ्खुवासभा आईपुग्नुभएको राज्यमन्त्री पुनले आईतबार प्रेस युनियन सङ्खुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

अरुण तेश्रो, अप्पर अरुण लगायतका आयोजनाहरु सम्पन्न भएसँगै नेपालकै सवैभन्दा धेरै प्रतिब्यक्ति आय भएको जिल्ला सङ्खुवासभा हुने उहाँले बताउनुभयो । प्राकृतिक हिसावले पनि सङ्खुवासभा धनि रहेको बताउनुहुँदै किमाथाङ्का नाका सञ्चालनपछि सङ्खुवासभाले एक नम्बर प्रदेशलाई धान्न सक्ने सामर्थ राख्ने विचार ब्यक्त गर्नुभयो । जिल्लाको जल, जंगल र जडिबुटीबाट सङ्खुवासभा समृद्ध हुने उहाँको भनाई थियो । आफ्नो जिल्लालाई समृद्ध बनाउन यहाँका राजनितिकर्मी, नागरिक, सञ्चारकर्मीहरु लगायतको महत्वुपर्ण भुमिका हुने उहाँले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै राज्यमन्त्री पुनले आफ्नो कार्यकालमा निर्वाचन आचारसंहिताको कारण सिंचाई आयोजनाको लागि पर्याप्त बजेट विनियोजन गर्न नपाएको बिनियोजित बजेट पनि निर्वाचन परिचालनमा खर्चनुपर्ने भएकोले सोँचे जति काम गर्न नसकेको स्वीकार्नुभयो । काम गर्न असहजता हुँदाहुँदै पनि ४ वटा राष्ट्रिय योजना र केही दिर्घकालिन योजनाहरु अगाडी बढाईएको राज्यमन्त्री पुनले जानकारी दिनुभयो । तुलनात्मक रुपमा पहाडी र हिमाली क्षेत्रमा सिंचाईको लागत बढी हुने भएकोले सोको लागि पर्याप्त रकम विनियोजन गर्न आवश्यकता रहेको समेत उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार