धरानको संखुवासभा होटलमा युवती बलात्कृत, एक जना पक्राउ



धरान, माघ २३ गते  । धरान उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलमा २० वर्षीय युवती बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको आरोपमा खोटाङ दिप्रुङ गाउँपालिका–३ का २२ वर्षीय नविन राई पक्राउ परेका छन् ।

प्रहरीका अनुसार राईले गत १३ पुसमा धनकुटाको चौबिसे गाउँपालिका–५ घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्दै आएकी ती युवतीलाई होटलमा जबरजस्तीकरणी गरेका थिए ।

होटलको कोठा नम्बर १०२ मा आफूमाथि बलात्कार भएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, धरानमा सोमबार जाहेरी दिएकी छन् ।
पीडितको जाहेरी लगत्तै प्रहरीले राई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको हो ।

सम्बन्धित समाचार