बबिना किराँतीको माथी माथी हिमाली भेगमा सार्वजनिक (भिडियो सहित)



नेपाली साङ्गितिक क्षेत्रका उदयमान गायीका बबिना किराँतीको पहिलो एल्बम ‘मोर्निङ द बिगिनिङ’ बजारमा आएको छ । सोही एल्बमको शिर्ष गीत ‘माथी माथी हिमाली भेगमा’ बोलको गितको भिडियो सार्वजनिक भएको छ ।

गीतकार एवं संगीतकार डिआर अटुको शब्द संगीत रहेको सो गीतमा बिबिना किराँतीको एकल स्वर रहेको छ । सो गीतको भिडियोमा गायीका स्वयं र अनिस मगरको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको सो भिडियो हालै विन्ध्याबासिनी म्युजिकको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेरौं सोही म्युजिक भिडियो ।

https://www.youtube.com/watch?v=BXaGBvHA-aA

सम्बन्धित समाचार