‘भ्यालेन्टाइन डे’ मा बिहे गर्न नमान्दा युवतीको अपहरण र बलात्कार




काभ्रे, फागुन २ गते । प्रणय दिवसमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेपछि काभ्रेमा एक युवतीको अपरहणपछि बलात्कार भएको छ । भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार विहान पनौतीबाट उद्धार गरेको छ ।

‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन घुम्न जाने र विवाहको प्रस्ताव गरे, मैले मानिनँ’ पीडित युवतीले प्रहरीलाई भनिन्, ‘त्यसपछि मलाई जवरजस्ती भकुन्डेबाट अपहरण गरेर खै कता लगे, थाहा छैन, बिहान ८ बजेतिर प्रहरी चौकी पनौतीले मलाई उद्धार गर्‍यो ।’

अपहरणमा संलग्न दैलेख चामुण्डाका २१ वर्षीय वमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ । विष्टसहित ३ ४ जनाको समूहले युवतीलाई अपहरण गरी निजी गाडीमा राखेर पनौती पुर्‍याएको प्रहरीको भनाइ छ । युवतीका आफन्तको उजुरीका आधारमा प्रहरीले बुधबार विहान पीडितको उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार राति महिला अपहरणको सूचना आएपछि खोजी गर्ने क्रममा पनौतीबाट उनको उद्धार गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए । उद्धारपछि युवतीले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा भेटिएकी पीडितले भनिन्, ‘मलाई जबरजस्ती पनि भएको छ, अब म कानुनी प्रक्रियामा अगाडि लाग्छु । ममाथि अपरहण अनि जबरजस्ती करणी भएको छ ।’ पीडितको जाहेरीका आधारमा अपरहण तथा जवरजस्ती करणीको मुद्दा दर्ता समेत भएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार