यि हुन् प्रदेश १ लाई समृद्ध बनाउने मुख्यमन्त्री शेरधन राईकोको ६ एजेन्डाहरु



इटहरी, फागुन ३ गते । शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बनेलगत्तै आफ्ना प्रादेशिक एजेन्डाका विषयमा कुराकानी गरेका छन् । पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, व्यापार र उत्तरी नाका सञ्चालन आफ्ना मुख्य एजेन्डा हुने उनले बताएका छन् । आफ्ना मुख्य एजेन्डा र तिनको व्याख्या राईले यसरी गरेका छन्, उनकै शब्दमाः

पहिलोः पर्यटन प्रबर्द्धन र प्रचार

मेरो पहिलो प्राथमिकता पर्यटन हुनेछ । पर्यटनमा समृद्ध भएर पनि प्रदेश(१ पछाडि परेको छ । आज सगरमाथाको प्रवेश विन्दु नाम्चे बजारको प्रतिव्यक्ति आय चार हजार अमेरिकी डलर छ । जबकि, मुलुकको प्रतिव्यक्ति आय नै हजार कटेको छैन ।

प्रदेश १ मै पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथालगायत कञ्चनजंघा, लोत्से, मकालु आदि हिमाली क्षेत्रमा पर्यटन प्रबर्द्धन र प्रचारको अभिभारा अब हाम्रै हो ।

राजधानीबाटै मात्रै हुँदै आएको ‘माउन्टेन फ्लाइट’लाई विराटनगर वा भद्रपुरबाट पनि विस्तार गर्नुपर्नेछ । अब ट्रेकिङका लागि धरानबाट मकालु आधारशिविर, चारआलीबाट कञ्चनजंगा आधारशिविर, मिर्चैयाबाट सगरमाथा आधारशिविरसम्मको प्याकेज ल्याएर भारतीय पर्यटक तान्नुपर्छ ।

पूर्वका प्याराग्लाइडिङ र र्‍याफ्टिङ सेवामा विश्व बजारका पर्यटक तान्न सरकारी सहयोग दिइनेछ । पूर्वका धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको पनि पर्यटकीय कोणबाट विकास गरिनेछ ।

प्रदेशकै पर्यटकीय कमाई पाँच वर्षभित्रमा नाम्चे बजारको हाराहारीमा पुर्‍याउने मेरो सपना छ ।

दोस्रोः पूर्वाधार विकास

पर्यटन प्रबर्द्धनका लागि भौतिक पूर्वाधार र यातायातको पहुँच हुनैपर्छ । यसका लागि मेरो दोस्रो मुख्य प्राथमिकता सडक सञ्जाल र हवाई उडान विस्तार हुनेछ ।

प्रदेशका कुना-कुनासम्म सडक सञ्जालले जोडिनेछ । मध्यपहाडी र हुलाकी राजमार्गको निर्माण सम्पन्न गरिनेछ । प्रदेशभित्र एक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने मेरो लक्ष्य छ ।

प्रदेशमै एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट र फुटबल स्टेडियम पनि निर्माण गरिनेछ । पहाडी क्षेत्र र त्यसमा पनि पर्यटकीय क्षेत्रमा सम्भव भएसम्म केबल कार सञ्चालन गरिनेछ ।

तेस्रोः ऊर्जा उत्पादन

नेपालको कुल जलविद्युत् उत्पादनको एक तिहाइ प्रदेश(१ मा पर्छ । त्यो सबै सञ्चालनका लागि पहिला आधारहरु तय गरिनेछ । नवीकरणीय ऊर्जाको पहुँच गाउँ(गाउँसम्म पुर्‍याउन अध्ययन गरिनेछ र कार्यक्रम ल्याइनेछ ।

चौथोः अर्गानिक कृषि उत्पादन

प्रदेश-१ यस्तो भूमि हो, जहाँ हिमालदेखि तराईसम्मका अन्नबाली उत्पादन हुन्छन् । यहाँका किसानलाई सहुलियतको मल, बीउ र प्रविधि हस्तान्तरण गरे अर्गानिक कृषि उत्पादन गरिनेछ ।

कृषकको उत्पादनलाई उद्योगसँग जोडिनेछ । कृषि क्षेत्र र कृषकको विकासका लागि कृषि विशेषज्ञ तथा इन्जिनियरसँग छलफल गरी विस्तृत कार्यक्रम ल्याइनेछ ।

पाँचौं: निर्यातमुखी औद्योगिक उत्पादन

प्रदेश १ को उत्तरी सिमाना विश्वकै विशाल अर्थतन्त्र चीन तथा बाँकी सीमा एसियाको उदीयमान अर्थतन्त्र भारतसँग जोडिन्छ । यो प्रदेशको पूर्वी सीमाबाट केही घण्टामै बंगलादेश र भुटान पुग्न सकिन्छ ।

प्रदेशको यस्तो रणनीतिक महत्व बुझेर निर्यातमुखि उत्पादनमा बढावा दिइनेछ । अलैंची, कफी, चिया, रुद्राक्षजस्ता निर्यातमुलक कृषिका अतिरिक्त अन्य वस्तु तथा सेवाको विकास गरेर व्यापार प्रबर्द्धन गरिनेछ ।

उत्पादनमुलक अर्थतन्त्र विकासका लागि धरान, विराटनगर, धनकुटा र झापामा रहेका औद्यौगिक क्षेत्रमा निर्यातमुलक उत्पादन गर्न प्रोत्साहन दिइनेछ ।

छैटौं: उत्तरी नाका सञ्चालन

प्रदेश १ का ताप्लेजुङस्थित ओलाङचुङगोला र संखुवासभास्थित किमाथांका नाकाहरु चाँडो खोल्न बजेट तथा कार्यक्रम बढाइनेछ ।

एमाले सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको पारवहन र प्रचण्ड सरकारले गरको ओबीओर ९वान बेल्ट वान रोड० सम्झौताले पनि यो काममा थप नीतिगत सहयोग हुनेछ ।

उत्तरी नाका खोलेपछि यस प्रदेशको व्यापार र पारवाहन गतिविधिहरु स्वतः बढेर जानेछन् । र, जनताको जीवनस्तर माथि उठ्नेछ ।

अनलाईन खबर

सम्बन्धित समाचार