सङ्खुवासभामा पनि महिन्द्राको शोरुम सञ्चालनमा



सङ्खुवासभा, फागुन ४ गते । खाँदबारी ९ तुम्लिङ्गटारमा महिन्द्रा गाडीको शोरुम सञ्चालनमा आएको छ । संखुवासभा र भोजपुर जिल्लाका लागि महिन्द्रा एण्ड महिन्द्राको डिलरसिप मनराम मोटर्सले शुक्रबार बिशेष कार्यक्रमको आयोजना गरि शोरुमको उद्घाटन गरेको हो ।

अग्नि ईन्कर्पाेरेटेड प्रालिका प्रवन्ध निर्देशक क्वाबिनेट श्रेष्ठबाट उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मनराम मोटर्सका संचालक सुजन कुमार श्रेष्ठले संखुवासभा र भोजपुरका सवारीधनीहरुले भोग्न परेका समस्याहरुलाई मध्यनजर गर्दै ६ करोडको लगानीमा शोरुम संचालन गरिएको बताउनु भएको छ ।

शोरुमबाट अत्याधुनिक सुबिधा सहितको सेवा प्रवाह गरिने मनराम मोटर्सका जेनेरल म्यानेजर सन्दिप काफ्लेले बताउनुभयो । मनराम मोटर्सले महिन्द्रा गाडिका ‘टु ह्वील’, ‘फोर ह्वील’ लगायत सवै किसिमका गाडि तथा स्पेयर्स पाटर््स बिक्रि सहित अत्याधुनिक उपकरणद्धारा सर्भिसिंङ्ग तथा रिपेयरिङ् लगायत सवै किसिमका सेवा प्रदान गर्ने मनराम मोटर्सका संरक्षक मनमायाँ श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले संखुवासभा र भोजपुरमा गरि एक सय ६५ भन्दा बढी महिन्द्रा कम्पनीका गाडीहरु दर्ता भै संचालनमा रहेको संखुवासभा यातायात ब्यवसायी संघले जनाएको छ । नजिकमा ‘सर्भिसिंङ्’, ‘रिपेयरिंङ्’ तथा ‘स्पेयर्स’ सम्वन्धी सेवा नहुँदा सवारी धनिहरु समस्यामा पर्दै अब समस्याबाट छुटकरा मिलेको मनराम मोटर्सले दावी गरेको छ ।

सम्बन्धित समाचार