भोटे समुदायद्वारा ग्याल्बो ल्होसारको शुभकामना आदान प्रदान (फोटो फिचर सहित)



संखुवासभा, फागुन ७ गते । २१४५ औं ग्याल्बो ल्होसारको अवसरमा खाँदबारी भोटिया समाज र भोटिया महिला आमा समुहले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । जिल्ला स्थीत राजनितिक दल तथा कार्यालयका प्रमुख तथा प्रतिनिधी सहित भोटे समुदायको सहभागितामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भोटे समुदायका आमा समुह र अन्य कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, प्रहरी नायव उपरिक्षक सन्तोष खड्का, उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्य लगायत जिल्ला स्थीत राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अतिथीहरुले सम्पुर्ण भोटे लगायत सम्पुर्णलाई शुभकामना दिएका छन् ।

भोटखोला क्षेत्रका आदिवासी भोट समुदायको पहिचानसँग जोडिएकोले गाउँपालिकाको नाम नै भोटखोला नामाकरण गरिएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले बताउनुभयो । कतिपय समुदायले आफ्नो मौलिकता भुल्दै गएको बताउदै, भोटे समुदायले मात्र नभएर सवै नेपालीले आफ्नो संस्कार संस्कृतिको जगेर्ना गर्न सक्नु पर्ने समेत बक्ताहरुले बताएका छन् ।

शेर्पा तथा भोटे समुदायले नयाँ बर्षको रुपमा ग्याल्बो ल्होसारलाई १५ दिनसम्म मनाउने गर्दछन् । उनीहरुले यो अवधीमा ठुलाबडाबाट आशिर्वाद टिका सहित आशिर्वाद लिने, सामुहिक खानपानमा सरिक हुने, विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जस्ता कृयाकलापहरु गर्नेगर्छन् ।

खाँदबारीमा आयोजित कार्यक्रमका केही तस्विरहरुः

 

सम्बन्धित समाचार