आफु विरूद्ध समचार आएको भन्दै मेयरको प्रेस विज्ञप्ती (विज्ञप्ती सहित)



भोजपुर, फागुन ८ गते । भोजपुर नगपालिकाका मेयर कैलाशकुमार आलेले सार्वजानिक कार्यक्रममा वोल्ने क्रममा सञ्चारकर्मीलाई आफ्नो आवज रेकर्ड नगर्न भन्ने समाचारको खण्डन गरेका छन् ।

प्रजातन्त्र ६८ औँ दिवस र दोस्रो निर्वाचन दिवसमा बोल्ले क्रममा मेयर आलेले आफ्ना भनाई राखे पछि अन्तरक्रिय कार्यक्रम पनि रहेको हुदा केहि आन्तरिक कुरा गर्नका लागि रेकर्ड नगर्न आग्रह गरेको बताएका छन् ।

उनले विज्ञप्ती जारी गर्दै कार्यक्रमको विषयलाई लिएर गरिएका अनाआवश्यक प्रचार प्रति ध्यानकर्षण भएको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, कार्यक्रममा बोल्ने क्रममा मैले संचार उपकरण प्रयोग गर्न रोक लगाएको होइन । मेरा धारणा राखे पछि मैले अन्तरक्रियात्मक र व्यवहारिक कुरा राख्नका निमित्त रेकर्डर बन्द गर्न आग्रह गरको हुँ । ‘अफ द रेकर्ड’ आफ्ना कुरा राख्न पाउने सबैको अधिकार हुन्छ । मैले त्यही अधिकार प्रयोग गरेको हो ।

उनले जनताको सुसचित हुने अधिकारलाई कुण्ठित हुने र प्रेस जगतमाथि आदेश दिने काम गरेको भनेर गरिएका प्रचारबाजी निराधार रहेको बताएका छन् । आफु प्रजातन्त्रमा विश्वास गर्ने मानिस भएको भन्दै उनले जनताको जान्न पाउने अधिकार र स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्ने प्रयास नगरेको जनाएका छन् । आग्रह गरेको कुरालाई हुकम दिएको भन्ने शैलीबाट प्रचार गरिनु दुखद् भएको उनको भनाइ छ ।

स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारहरूलाई उनले भोजपुर नगरपालिका र आफ्ना कामबारहीका बारेमा अध्यायन गरेर स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह गर्दै तिललाई पहाड नबनाउन भनेका छन् ।
भोजपुरका केही संचारमाध्यमले भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा सञ्चारकर्मीलाई आफ्नो आवाज रेकर्ड नगर्न चेतावनी दिएकोको समाचार प्रकाशन गरेका थिए ।
यहि विषयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले पनि विज्ञाप्ती निकालेको छ । पत्रकारलाई सार्वजनिक कार्यक्रममा मेयर आलेले आफ्नो आवाज रेकर्ड नगर्न भन्दै सञ्चार उपकरण हटाएको प्रति गम्भिर ध्यानकर्षण भएको विज्ञाप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार