बन्दको कारण सङ्खुवासभामा जनजीवन प्रभावित




सङ्खुवासभा, फागुन ८ गते । नेपाल कम्युनिष्ट पार्टी बिप्लप समुहले आव्हान गरेको बन्दको कारण सङ्खुवासभामा जनजिवन प्रभावित बनेको छ । बन्दको कारण शैक्षिक संस्था, बजार र यातायात बन्द हुँदा नागरिकहरुले सास्ती पाएका हुन् ।

दुर्गमका विद्यालयहरु छिटफुट रुपमा खुलेपनि बन्दका कारण बजार क्षेत्रका विद्यालयहरु पुर्ण रुपमा बन्द भएको थियो । त्यस्तै, जिल्ला भित्रिने र बाहिरीने सवारीसाधनहरु पनि नचल्दा यात्रुहरु अलपत्र परेका छन् । सङ्खुवासभाबाट काठ्माण्डौ जाने एउटा बस प्रहरीको सुरक्षामा गएको बाहेक कुनै पनि सवारी साधन नचलेको यातायात ब्यवसायी संघले जनाएको छ ।

विभिन्न माग राख्दै गरिएको एक दिनको बन्दले करोडौको क्षति बेहोर्नु परेकोले बन्द सधैंका लागि बन्द हुनुपर्ने उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताउनुभयो ।

सम्बन्धित समाचार