विना मगरलाई मन्त्री बनाउने माओवादी तयारी




१४ फागुन, काठमाडौं । माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । उनी पार्टी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् । कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले नै निर्णय गरेको थियो । उनको प्रस्ताव प्रदेश इन्चार्ज लेखराज भट्टलेनै गरेका हुन् । चुनावको मुखैमा पति बियोगमा परेकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएको बताइएको छ ।

रामबहादुर थापा बादल गृहमन्त्री बन्ने भएका छन् भने अरुको नाम छलफलमै छ । स्रोतका अनुसार विना मन्त्री बन्ने पक्का छ । केही नेताले राज्यमन्त्री मात्र बनाउने प्रस्ताव गरेका थिए तर, उनी मन्त्री नै बन्ने लगभग पक्का भएको छ ।

विना मन्त्री बन्दा पम्फा भुसालको नाम काटिने सम्भावना छ । ललितपुर(३ बाट निर्वाचित भुसाल प्रवक्ता पनि हुन् ।

अनलाईन खबर

सम्बन्धित समाचार