भ्रष्टाचार गरेको भन्दै प्रअलाई नगरपालिकाले गर्‍यो निलम्वन



धनुषा, फागुन १४ – विद्यालयमा व्यापक भ्रष्टाचार गरेको भन्दै धनुषाको सहिद नगरपालिकाले एक जना प्रधानाध्यापकलाई निलम्बन गरेको छ । सहिद नगरपालिका –७ मा रहेको एस।एन।आर।ज।मा।वि।धवौलीका प्रधानाध्यापक श्रीप्रसाद गोहीबारलाई प्रधान्याध्यापक पदबाट निलम्वन गरेको हो ।

विद्यालयको आय–व्यय पारदर्शी तथा शैक्षिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन सम्बन्धित वडाका जनप्रतिनिधिले पटक–पटक ताकेता गर्दा पनि प्रधानाध्यापक गोहीबारले अटेर गरेको नगरपालिकाले जनाएको छ ।

त्यसपश्चात छानविन गर्दै जाँदा विद्यालयको भवन निर्माण तथा छात्रवृत्तिको बजेटमा व्यापक अनियमितता गरेको देखिएपछि सोमबार बसेको नगरकार्यपालिका बैठकले प्रअ गोहीबारलाई प्रचलित कानुन बमोजिम निलम्वन गरेको नगरपालिका प्रमुख उदयकुमार बरबरियाले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयको मर्यादामा दाग लाग्नेगरी विद्यालयको शैक्षिक स्तर ध्वस्त पार्ने जो कोही शिक्षकलाई नगरपालिकाले तलब खुवाउन नसक्ने समेत नगरपालिकाले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

सम्बन्धित समाचार