सुर्खेतको गुर्भाकोटमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु, दुई घाइते



१५ फागुन, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका-२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना भएको छ ।

भे १ त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कवी सेन्चुरीले जानकारी दिए ।

दुर्घटनामा गुर्भाकोट-८ का २२ वर्षे फत्तबहादुर विक, सोही ठाउँका २५ वर्षे शसिराम विक र २८ वर्षे नारायण खत्रीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु तीनै जनाको दुर्घटना स्थलमै मृत्यु भएको हो । मृतक फत्त चालक हुन् ।

दुर्घटनामा सोही ठाउँका २८ वर्षे टेकबहादर धौलाकोटी र ३२ वर्षे अमर विक घाइते भएका छन् ।

सरिया लोड भएको ट्रयाक्टर गैरिबजारबाट बोटेचौर बजारतर्फ आउँदै गर्दा मालारानी प्रहरी चौकी नजिकै रहेको देउती डाँडामा दुर्घटना भएको हो ।

सम्बन्धित समाचार