सङ्खुवासभामा सिरिया घटनाको बिरोध (फोटो फिचरसहित)



सङ्खुवासभा, फागुन १६ गते । सिरियामा भएको बमकाण्डको सङ्खुवासभामा बिरोध गरिएको छ । मंगलबार साँझ खाँदबारी बजारमा जिल्ला बाल क्लब समन्वय समिति सङ्खुवासभा, माट्स नेपाल, समाज स्पर्श समिति र मकालु साहित्य समाजको संयुक्त आयोजनामा घटनाको विरोध गरिएको हो ।

सिरियामा भएको घटनामा ज्यान गुमाउने पाँच सय भन्दा बढीको आत्मा शान्तिको कामना गर्दै दिप प्रज्वलन समेत गरिएकोे छ । दिप प्रज्वलनसँगै जिल्लाका साहित्यकारहरुले कविता, गजल र मुक्तकबाट सिरियामा भएको घटनाको विरोध गरेका थिए । कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकी, भरत कुलुङ, भेषराज न्यौपाने, गोमा कटुवाल, सेरबहादुर ढुङ्गाना, बर्षा दाहाल लगायतले साहित्य मार्फत सिरिया घटनाको विरोध गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका उपमेयर डेगेश्वरी श्रेष्ठ लगायतका जनप्रतिनीधीहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै अमेरीका, रुष जस्ता मानवअधिकारवादी कुरा गर्ने देशहरुबाटै बाँच्न पाउने अधिकार हनन भएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । यस्तो घटनाको जति निन्दा गरेपनि कम हुने उहाँको भनाई थियो ।

कार्यक्रमका केही तस्विरहरुः

 

सम्बन्धित समाचार