भोजपुरबाट विप्लवका नाममा पक्राउ पूर्जी जारी



१६ फागुन, भोजपुर। नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो ।

त्यहाँका डिएसपी नरेन्द्रकुमार कार्कीले भने, ‘हामीले अदालतको आदेश पालना गरेका हौं ।’
विलप्वको घर शिवराज नगरपालिकामा पर्छ ।

सम्बन्धित समाचार