अनिस खालिङ प्रतिष्ठानको सर्वत्र आलोचना (भिडियो सहित)




काठ्माण्डौ, फागनु २५ गते । पाँच बर्षअघि युएईमा मृत्यूडण्ड सुनाईएपछि ब्लड मनि सङ्कलन गरेर खडा गरिएको अनिस खालिङ प्रतिष्टठानको यतिबेला सर्वत्र आलोचना बढेको छ । उनको ब्लड मनी तिर्नको लागि करिब तीन करोड सङ्कलन भएको रकम प्रतिष्ठानको नाममा कुम्ल्याएको भन्दै विभिन्न सञ्चार र सामाजिक सञ्जालहरुमा आलोचना बढेको हो ।

उनको ब्लड मनी तिर्नको लागि देश विदेशबाट सङ्कलन भएको रकम तिर्नु नपरेपछि सङ्कलित उक्त रकम अनिश जस्तै विदेशमा भवितब्यमा परेकाहरुलाई सहयोग गर्नुपर्ने भन्दै माग समेत राख्दै आएका छन् । अनिस खालिङ प्रतिष्ठानले भने सहयोग गर्ने हिच्किचाएको आरोप लगाएका छन् । हालै प्रेमबहादुर राईको उद्धारको लागि भन्दै एक लाख रकम मात्र दिने भनेपछि बढी आलोचनाको शिकार बन्न पुगेको छ । करोडौ रकम कही ब्यक्तिहरुको पहुँचमा राखेर दिए जस्तो मात्र गरेको धेरैको आरोप छ । प्रेम बचाऔं अभियान समितिले पनि अनिस खालिङ प्रतिष्ठानबाट पाउने भनेको एक लाख रुपैयाँ नलिने घोषणा गरेका छन् । प्रतिष्ठानले पर्याप्त रकम उपलब्ध गराउनुपर्ने प्रेम बचाऔं अभियान समितिले बताउदै आएका छन् ।

त्यसो त अनिस खालिङ नेपाल आएपछि गुमनाम छन् । उनी कतै सार्वजनिक सम्पर्कमा आउन सकेको छैन । खालिङलाई प्रतिष्ठानकै पदाधीकारीहरुले भुमिगत बनाएर राखेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आरोप लगाएका छन् । खालिङ नेपाल ओर्लिने वित्तिकै उनको नाममा सङ्कलन भएको रकम आफु जस्तै विपतमा परेकाहरुलाई दिने भनेका छन् । तर यतिबेला उनले बोलेको कुरा पुरा गर्न नसकेको आरोप छ ।

अनिसको नाममा सङ्कलन भएको रकमको चरम दुरुपयोग भएको भन्दै कतिले त फिर्ता गर्नु पर्ने समेत माग राख्दै आएका छन् । हेरौं भोजपुर घर भई हाल बैदेशिक रोजगारीमा रहनुभएका दिलकुमार पाख्रिनको भनाई ।

सम्बन्धित समाचार