संखुवासभाका कृषकले बालीको बिमा गर्न पाएनन्




सङ्खुवासभा, फागुन ३० गते । कतिपय किसानहरुलाई त कृषी बालीको बिमा गर्नु पर्छ भन्ने जानकारी पनि छैन । तर कृषी विमा गर्नुपर्छ भन्ने थाहा पाउनेहरुले पनि सङ्खुवासभामा बिमा गर्न पाएका छैनन् । जिल्लामा भरपर्दो बाली बिमा कम्पनी नहुँदा कृषकहरुले बिमा गर्न नपाएका हुन् ।

ब्यवसायीक किसानहरुले बालीको बिमा गर्न नपाएपछि लाखौको लगानी डुब्ने त्रास बढेको छ । जिल्लामा ब्यवसायीक खेतीको रुपमा लगाएको अलैंची, सुन्तला, किवी लगायतका नगदेवालीहरुको विमा गर्न नपाएपछि लाखौको लगानी डुब्ने डर भएको कृषकहरु बताउछन् । जिल्लामा भरपर्दो बिमा कम्पनी नभएकोले आफुहरुले बिमा गर्न नपाएको अलैंची कृषक ज्ञानबहादुर गुरुङले बताउनुभयो । ब्यावसायीत खेती लगाउने किसानहरुले बालीको बिमा गर्न पाए ढुक्क हुने कृषक गुरुङको भनाई छ ।

जिल्ला कृषी विकास कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार सङ्खुवासभामा हाल २ हजार ७ सय ७० हेक्टरमा अलैंची, सुन्तला जातका बाली ६ सय हेक्टरमा लगाईन्छ । त्यस्तै, बर्षे र चैते गरि १६ हजार ८ सय ४५ हेक्टरमा धान रापिन्छ । बर्षे, बसन्ते र हिउँदे गरि १३ हजार दुई सय हेक्टरमा कमै रोपिन्छ । यी लगायत अन्य प्रजातीका खाद्यन्नबाली तथा नगदेबालीहरु पनि सङ्खुवासभामा उल्लेख्य रुपमा लगाईछ । तर, यी कुनै पनि बालीको बिमा गरिएको छैन ।

सङ्खुवासभाका लागि बिमा समितिले लुम्बिनी ईन्स्युोरेन्स कम्पनीलाई बिमा सम्बन्धी सम्पुर्ण कार्यहरुको लागि खटाएको बिमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिनुभयो । तर, लुम्बिनी ईन्स्योरेन्सले हाल पशुको मात्र बिमा गरिरहेको लुम्बिनी ईन्स्योरेन्स कम्पनीका लागि सङ्खुवासभा प्रतिनिधी दिपक पोखरेलले जानकारी दिनुभयो । कृषी बालीको बिमा गर्नको लागि दक्ष अभिकर्ताहरुको अभावको कारण कृषी बिमा नगरिएको पोखरेलले जानकारी दिनुभयो ।

कृषकहरुले कृषी बालीको बिमा गरे बिमाङ्क रकमको २५ प्रतिशत मात्र तिर्नु पर्ने र बाँकी ७५ प्रतिशत नेपाल सरकारले ब्यहोरीदिने सङ्खुवासभा जिल्ला कृषी विकास अधिकृत रविलाल शर्माले जानकारी दिनुभयो । बिमा कम्पनीले बिमा सम्बन्धी प्रभावकारी काम गर्न सके सम्पुर्ण कृषकहरुलाई लाभ मिल्ने शर्माको भनाई छ ।

सम्बन्धित समाचार