‘पिखुवा खोला बगे झैं’को म्युजीक भिडियो बजारमा (भिडियो सहित)




काठ्माण्डौ । गायक अशोक मुकारुङले स्वरबद्ध गर्नुभएको गित पिखुवाखोला बगे झै को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भोजपुरको विभिन्न स्थानमा छाँयाङ्कन गरिएको म्युजिक भिडियो सङ्गस नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बसन्त मुकारुङको संगीत र गंगाराम मुकारुङको रचना रहेको गीतको भिडियोमा योगेन्द्र राई, चाँदनी राई, अशोक मुकारुङ र युनिशा रार्इले अभिनय गरेका छन् । निर्देशक विज्ञान राईको निर्देशनमा बनेको म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छाँयाङ्कन गरेका हुन् । गीत आफैमा शसक्त रहेकोले सम्पुर्ण दर्शकहरुले रुचाउने भिडियो निर्माण युनिटले जनाएको छ । हेरौँ सोही गितको म्युजिक भिडियो ।

सम्बन्धित समाचार