यसरी रातारात गायब हुन्छन् किशोरी



सिन्धुपाल्चोक ।– गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् । कमला हराएको दुइ दिनपछि बाह्रबिसे कर्थलीकी २६ बर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् ।

बाह्रबिसे नगरपालिकामा मात्रै २०७४ साउनदेखि हालसम्म ३० किशोरी हराएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पछिल्ला दिनमा किशोरी हराउने क्रम बढेको छ । ‘यो बर्षमात्रै किशोरी हराएका १२ वटा निवेदन परे । त्यसमा ५ जनालाई फेला पार्यौँ ।’ माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमिरेले भनिन्, ‘भूकम्पपछि ११ देखि २४ बर्षका ३८ किशोरी गायब छन् ।’

तीमध्ये १३ जनाको मात्रै उद्धार गर्न सकेको उनले बताइन् । जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले भने, ‘भूकम्पपछि अहिलेसम्म ७३ जना हराएकामा ५२ जना अझै भेटिएका छैनन् । हराएका मध्ये अधिकांश किशोरी छन् ।’ उनले किशोरी बेचबिखनमा परेको हुनसक्ने बताए । वैदेशिक रोजगारको प्रलोभन देखाएर दलालहरुले किशोरी लाने गरेको उनको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।

सम्बन्धित समाचार