ओली सरकारमा किन अटाएनन् जनार्दन शर्मा ?



काठमाडौं । रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए । पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले प्रधानमन्त्री केपी ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे ।

ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए । मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो । शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित समाचार