बिहेको एक महिनामै शंकास्पद मृत्यु, गाडिएको शव उत्खनन्



३ चैत्र, दार्चुला । दार्चुलाको हिकिलामा एक महिलाको शव गाडेको ६ दिनपछि निकालिएको छ । शंकास्पद भएपछि पोष्टमार्टमका शव निकालेर जिल्ला अस्पताल ल्याइएको हो ।

दुहुँ गाउँपालिका २ हिकिलाका अन्दाजी २१ वर्षी लक्ष्मी भट्टको शव गाडेको ६ दिनपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको हो । गत फागुन २६ गते बेपत्ता लक्ष्मी भट्ट २७ गते मृत अवस्थामा फेला परेकी थिइन् । मृत भेटिएकी लक्ष्मीको शव सोही दिन गाडिएको थियो ।

फागुन ४ गते मात्रै हिकिलाकै वीरेन्द्र जोशीसँग प्रेम विबाह गरेकी मृतक लक्ष्मीको एक महिना नपुग्दै यस्तो घटना भएको हो । श्रीमान वीरेन्द्रसहित साथीहरुसँग खर्क गाइगोरु बाँध्ने छुट्टै घर० गएकी भट्ट त्यस दिनको भोलिपल्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतक भट्टका दाई केशब भट्टले प्रहरीलाई दिइएको उजुरीका आधारमा गाडेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतक भट्टका दाईले ब्रम्मदेव प्रहरी चौकीमा मृतक बहिनीको शब पोष्टमार्टमको मागसहित ब्रहृमदेव प्रहरी चौकीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय र ब्रहृमदेव प्रहरी चौकीबाट गएको प्रहरी टोलीले शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको हो । शवको पोष्टमार्टम शनिबार गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार