गणेश लामालाई रिहा गर्न सरकारसँग कांग्रेसको माग



३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस काभ्रेका सभापति मधु आचार्यले आफ्नो पार्टीका निर्दोष नेतामाथि झुठो आरोप लगाएर पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेका हुन् ।

‘निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ, यो दुःखद् भएको छ, ‘ उनले भने, ‘उहाँलाई स(सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’

सभापति आचार्यले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उनीमाथिको अभियोग खारेज गर्न पनि माग गरेका छन् ।

लामालार्इ प्रहरीले पिस्तोल र गोलीसहित पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार