यस्तो छ नेपाल आईडल बुद्ध लामाको पहिलो गीत (भिडियो सहित)



काठ्माण्डौ । नेपालमा पहिलो पल्ट भित्रीएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो ‘नेपाल आईडल’ को विजेता बुद्ध लामाको पहिलो गीत र भिडियो सार्वजनिक भएको छ । लामाको ‘तिमी साथ भएपछि’ बोलको गीतलाई भर्खरै युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

गीतको भिडियोमा अहिलेका हटकेक जोडि ‘पल शाह र आचल शर्मा’ले अभिनय गरेका छन । बुद्ध लामाले स्वर भरेको सार्बजनिक भिडियोको गीतमा सुरेश वाग्लेको शब्द समाबेश गरिएको छ । गीतलाई हरि लम्सालले कम्पोज गरेका हुन् । कलात्मक शैलिमा निर्माण गरिएको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने उत्सब दाहालले छायांकन गरेका हुन् ।

भिडियोको अन्त्यमा थोरै समय गायक बुद्धलाई देखाईएको छ भने बाकी सबै भागमा पल र आचलको रोमान्सलाई प्रस्तुत गरिएको छ । बुद्ध यतिबेला देश तथा बिदेशका विभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् ।
सो गीतको म्युजिक भिडियो हेरौं ।

सम्बन्धित समाचार