प्रहरीद्वारा ‘अपरेशन मनकामना’को नतिजा सार्वजनिक



अपरेशन मनकामनाको उपलब्धीहरुबो बारेमा जानकारी गराउनुहुँदै प्रनाउ खड्का ।

सङ्खुवासभा, चैत ६ गते । सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले आफु प्रहरी प्रमुखको रुपमा आएदेखि हालसम्मको प्रगति प्रतिवेदन तथा गतिविधीहरु सार्वजनिक गर्नुभएको छ । ‘अपरेशन मनकामना’ नाम दिएर विद्यमान अपराध र विकृति विसंगतीहरुलाई निरुत्साहित गर्न सुरु गरेको अभियानको प्रगति प्रतिवेदन मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्नुभएको हो ।

अभियानको क्रममा एक सय १५ मुद्धा दर्ता भएकोमा ६३ मुद्धा फस्र्योट भईसकेको र बाँकी प्रकृयामा रहेको जानकारी गराईएको थियो । त्यस्तै, ८६ जना आरोपीहरुलाई पक्राउ गरिएको छ भने २१ जना फरार रहेको खड्काले जानकारी दिनुभयो । ८ महिनासम्म सञ्चालन भएको अप्रेसन मनकामनाको क्रममा एक सय ५७ वटा उजुरी तथा निवेदन दर्ता भएकोमा एक सय २६ वटा फस्र्योट भईसकेको र ३१ वटा बाँकी रहेको जानकारी गराउनुभयो ।

आठ महिनाको विचमा २ नाल भरुवा बन्दुक सहित १ लाई पक्राउ, ४८ जनालाई सार्वजनिक ऐन अनुसार पक्राउ गरिएको खड्काले बताउनुभयो । अप्रेसन मनकामना कै क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतबाट ३३ सचेतनामुलक कार्यक्रम र १३ नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको जानकारी गराईएको थियो ।

अहिलेसम्मको अवधीमा उल्लेख्य मात्रामा अबैध मदिरा र गाजा खेतीलाई पनि नष्ट गरिएको जानकारी गराईएको थियो । अप्रेसन मनकामनाको क्रममा विभिन्न क्षेत्रमा नागरिकहरुका विचमा कार्यक्रमहरुको क्रममा प्राप्त भएको सुझवका आधारमा आगामी रणनिति र योजना तयार पारी नयाँ कार्यक्रमहरु तय गरिने प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । समाजमा विद्यमान सामाजिक अपराध, विकृति विसंगतिहरुलाई निरुत्साहित गर्न स्थानीय निकायहरुसँग समन्वय गर्ने योजना रहेको उहाँले जानकारी दिुनभयो ।

सम्बन्धित समाचार