सङ्खुवासभामा साढे दुई हजारले एसईई दिँदै, अमर्यादित काम गर्नेलाई कस्तो कारबाही ?



सङ्खुवासभा, चैत ८ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ ।

यसै विच सङ्खुवासभामा दुई हजार पाँच सय ४ जना विद्यार्थीहरु एस ईई परिक्षामा सहभागि हुँदै छन् । दुई हजार पाँच सय ८४ जना परिक्षार्थीहरुले फारम भरेकोमा ८० जना विद्यार्थीहरु अयोग्य ठहरिएको जिल्ला शिक्षा कार्यालय सङ्खुवासभाले जनाएको छ । सङ्खुवासभामा यस बर्ष एक परिक्षा केन्द्र थपिएर १५ वटा केन्द्रबाट परिक्षा लिइदै छ ।

परीक्षामा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना र ६ महिना कैद वा दुवै सजायँ हुने शिक्षा ऐनमा व्यवस्था गरिएको छ । एसईईको नतिजा अघिल्ला वर्षजस्तै ग्रेड पद्दतीमै सार्वजनिक हुनेछ । उत्तीर्ण हुने परीक्षार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नेछन् । सरकारले हालै कक्षा ११ को पाठ्यक्रम परीमार्जनको निर्णय गरिसकेको छ ।

केन्द्रले लिने एसईई परीक्षा सम्भवतः अन्तिम हुनेछ । किनकी आगामी वर्षदेखि प्रदेशले नै परीक्षा सञ्चालन गर्नेछ । यस वर्षको एसईई परीक्षाका लागि ७७ वटै जिल्लामा १ हजार ९ सय ५६ केन्द्र तोकिएको छ ।

सम्बन्धित समाचार