संखुवासभामा घुस लिने दुई प्रहरी जवान निलम्बनमा




सङ्खुवासभा, चैत ८ गते । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा मातहतमा रहेको भोटखोला गाउँपालिका स्थित स्याक्सीला प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी जवानलाई घुस लिएको आरोपमा निलम्बनमा परेका छन् । सालकको खपटा ओसारपोसार गर्नेहरुलाई घुस लिएर छोडेको आरोपमा प्रहरी जवानहरु प्रकाश कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरेको हो ।

उनीहरुले गत माघ २८ गते विहान दुई बजे भोटखोला गाउँपालिका ४ तीनतलेमा सालकको खपटा सहित भेटेका तीन जना ब्यक्तिहरुबाट एक लाख रुपैयाँ लिएर छोडेका थिए । उनीहरुले घुस लिएको गोप्य सुचनाको आधारमा छानविन गर्दा घुस लिएको प्रमाणीत भएकोले उनीहरुलाई निलम्बनको प्रकृया अघि बढाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उनीहरुलाई कारबाहीको लागि सम्पुर्ण कागजातहरु विभागमा पठाईएको खड्काको भनाई छ ।

उनीहरु दुवैले घुस लिएको प्रमाणीत भए लगत्तै सम्पुर्ण जिम्मेवारीबाट हटाईसकिएको खड्काले जानकारी दिनुभयो । नागरिक स्तरमा कार्यक्रम गर्ने क्रममा जोसुकै प्रहरीले गैह्र कानुनी काम गरेको पाए तुरुन्त उजुरी दिन अनुरोध गरेकोले गलत नियतका जुन दर्ताका पहरीहरु पनि कारबाहीमा पर्नसक्ने प्रहरी नायव उपरिक्षक खड्काको भनाई छ ।

सम्बन्धित समाचार