खाँदबारी नगरपालिकामा करोडौं रकम बेरुजु




संखुवासभा, चैत्र ९ गते । समयसमयमा चर्चामा आउने गरेको खाँदबारी नगरपालिकाको कार्यालयमा ५ करोड बढी बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७३/०७४ अन्र्तगत महालेखा परिक्षकले गरेको अन्तिम लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमा ५ करोड बढी वेरुजु देखिएको हो ।

लेखा प्रतिवेदनले सबै भन्दा ठूलो वेरुजु लेखाका कर्मचारी नविनकुमार श्रेष्ठको नाममा ७६ लाख ४९ हजार ९ सय ९० रुपैयाँ ९ पैसा देखाएको छ । श्रेष्ठलाई बेरुजु देखिएको रकम बैक दाखिला गर्न तीन दिनको समय दिएको नगरपालिकाका प्रशासकिय अधिकृत कृष्णकुमार निरौलाले जानकारी दिए ।

प्रतिवेदनमा श्रेस्ता भन्दा बैंक मौजदात कम भेटिए पछि सम्बन्धित व्यक्तिबाट असुलउपर गर्न मलेपले निर्देशन दिएको छ । नगर कार्यापालिकाले लेखा बाट सञ्चाल हुने सम्पूर्ण आर्थिक कारोबार तथा कामकाजमा रोक लगाएको छ । मलेपको प्रतिवेदनमा करिब ५ करोड रुपैयाँ भन्दा बढीे आर्थिक अनियमितता भए पछी छानविन सुरु भएको छ । गत असारमा सम्पन्न स्थानीय तहको चुनावद्धारा गठित नगर कार्यापालिकाले महालेखा परिक्षकको प्रतिवेदनमा आंैल्याइएका करिब ३ दर्जन भौचर बाट ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक अनियमितता छानविन गर्न लेखा शाखाको सम्पूर्ण कारोबार रोक लगाएको हो ।

चैत्र ६ गते बसेको कार्यापालिकाको बैठकले नगरपालिकामा व्याप्त भ्रष्टार छानविन गर्न तीन सदस्सीय समिती छनौट गरिएको छ । समितिमा वडा नं. ५ का कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलाको अध्यक्षतामा जिल्ला समन्वय समितिका लेखा शाखाका प्रतिनिधि र कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाका प्रतिनिधि रहेको समितिले छानविन अगाडी बढाउने भएको छ । छानविन समितिका अध्यक्ष निरौलाका अनुसार आइतबारबाट छानविन सुरु गरिने छ ।

स्थानीय तहको निर्वाचन पछि पनि स्थानिय सरकारले अपेक्षित रुपमा जनताको सेवा पु¥याउन नसकेको गुनासो व्यापक हुन थालेपछि नगर कार्यापालिकामा अहिलेको स्थितिमा आइपुगेको हो । महालेखा परिक्षकको प्रतिवेदनले एउटै आर्थिक वर्षको कारोबारमा यतिका आर्थिक अनियमिता औल्याएको भए पनि विगत १५ वर्ष देखि कर्मचारी कै भरमा नगरपालिका भित्र कुन हदसम्म आर्थिक अनियमितता भएको हुन सक्ने भन्ने सोझै अनुमान गर्न सकिन्छ । नगरपालिका परिसर पुगेका आम नागरिक त्यहाँ कार्यरत कर्मचारीहरुको नाममा र उनीहरुको आफन्तको नाममा रहेको चलअचल सम्पतिका बारेमा समेत छानविन हुनु पर्छ भन्ने अभिव्यक्ति दिदै आएका छन् ।

यससंगै व्यापक भ्रष्टाचार, अनियमितता लगायतका गुनासो र कर्मचारीको अपहेलनामा परेका सर्वसाधरण अहिले लेखा परिक्षण प्रतिवेदन सार्वजनिक भए सँगै आगामी दिनमा सुशासन कायम हुनेमा आशावादी देखिएका छन् ।

नागरिक दैनिकबाट

सम्बन्धित समाचार