साल्पासिलिछो गाउँपालिकामा कर्मचारी नहुँदा काम ठप्प



भोजपुर, १३ चैत । भोजपुरको साल्पासिलिछोमा कर्मचारी नहुँदा गाउँपालिकाको काम ठप्प भएको छ । गाउँपालीकामा लेखापाल र प्रशासकिय अधिकृत नहँुदा गाउँपालिकाको काम ठप्प भएको हो ।

गाउँपालिकामा कार्यरत लेखापाल राम दाहालको सरुवा भएपछि जिल्ला अदालतका सह लेखापालको सरुवा साल्पासिलिछोमा भएपनी अहिले सम्म उहाँ गाउँपालिका नगएपछि काम ठप्प भई आर्थिक कारोबारमा समेत समस्या भएको छ । त्यसैगरी गाउँपालिकाका प्रशासनिक अधिकृत असोक विष्ट परीक्षा दिन भनि एक हप्ता अगाडि नै विदा मागेर गएको र अहिले काम गर्न समस्या भएको भन्दै आउन नमानेपछि गाउँपालिकाको सबै काम ठप्प भएको स्थानियले बताएका छन् ।

त्यसैगरी विकासका लागी छुटिएका बजेटको बाँडफाड गर्न ढिलाई भएको छ । विकासका लागि छुटीएका बजेट समयमा दिन नसक्दा विकासे काम समेत प्रभावित हुने देखिएको छ ।

यता गाउँपालिकाका अध्यक्ष महेश राईले भने कार्यकारी अधिकृत नआए उहाँको ठाउँमा अर्को अधिकृत ल्याउन पहल गरिरहेको बताउनुभयो । कार्यकारी र लेखापाल नहुँदा रोकिएका सबै प्रकारका कामकाज छिटो र छरितो तरिकाले अगाडी बढाउन पहल गर्ने उहाँको भनाई छ ।

सम्बन्धित समाचार